नेपाली कांग्रेसका वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ

६ बर्ष अगाडि

 धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ बाटगयराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन् ।उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया