काठमाडौं – मिरमिरे लघुवित्त वित्तिय संस्थाले चालु आथिर्क बर्ष दोसो त्रैमासमा रू. ३ करोड ९८ लाख ४ हजार खुद नाफा कमाएको छ । यो गत आवको सो अवधीको भन्दा १२४.१६ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रू. १ करोड ७७ लाख खुद नाफा कमाएको थियो ।
यस्तै, लघुवित्तले रू. ९१ करोड ३२ लाख ७ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीसम्म लुघवित्तले रू. ५८ करोड १६ लाख ९९ हजार निक्षेप संकलन गरेको थियो । यसैगरि लुघवित्तको रू. २ अर्ब ५२ करोड २० लाख २५ हजार कर्जा प्रवाह गरेको छ । यस अवधीमा लुघवित्तले उक्त कर्जाबाट रू. २३ करोड १३ लाख २० हजार कुल व्याज आम्दानी गरेको छ ।
हाल लघुवित्तको जगेडा कोषमा रू. १३ करोड ३६ लाख ६४ हजार पैसा जम्मा भएको छ । यस्तै, लघुवित्तको चुक्तापुँजी भने रू. १२ करोड ८७ लाख ८६ हजार पुगेको छ ।
लघुवित्तले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६१.८१ प्रतिशत छ । यस्तै, तरलता अनुपात ४२ प्रतिशत, प्रतिशेयर नेटवर्थ २०३.७९ र प्रति शेयर कुल सम्पत्तिको मुल्य २ हजार ३६५ रुपैया ३६ पैसा रहेको छ ।
प्रतिक्रिया