जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

६ बर्ष अगाडि

सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । 

साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीले सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाई समेत सहज हुने भएको छ । 

कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिए । 

दुईतला आधा रहेको यो भवनमा नौ वटा कोठा, मेस, महिला ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार र प्रहरी जवानको ब्यारेक, सभा हल, प्रतीक्षालय, छ वटा शौचालय रहेका ट्राफिक प्रहरी हवल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया