तीन कम्पनीको शेयर मूल्य समायोजन

६ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

आज शेयर मूल्य समायोजन भएका कम्पनीमा हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र नागबेली लघुवित्त रहेका छन् ।

यी तीनवटै कम्पनीले  गत आवको नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् ।

हिमालयन बैंकलेको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम गरेको छ।

हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्नेसाधारण सभा बोलाएको छ ।

कम्पनीको २७ औँ वार्षिक साधारण सभा माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुनेछ ।

त्यस्तै, डिप्रोक्स लघुवित्तले को हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय सगै  शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता प्रतिकित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम गरेको छ।

कम्पनीको अठारौँ वार्षिक साधारण सभा  माघ २६ गते  भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बिहान ११ बजे शुरु हुनेछ।

नागबेली लघुवित्तले चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत  लाभांश दिने निर्णय सगै  शेयर मूल्य समायोजन गरेको छ ।सो संस्थाको प्रतिकित्ता प्रतिकित्ता  ४६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ।

कम्पनीको दशौँ वार्षिक साधारण सभा माघ २६ गते  सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ।

शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

 स्वामित्व ५१ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो।

यी तीनवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार शेयर कारोबार खुल्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया