आजको मौसम पुर्वानुमान: यस्तो रहनेछ मौसम

६ बर्ष अगाडि

 जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । 

आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू९भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। ।

६ बर्ष अगाडि

प्रतिक्रिया