राजस्व उठाउन सरकार कडा रुपमा प्रस्तुत हुने

६ बर्ष अगाडि

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार राजस्व उठाउनका लागि नियम कानूनको कार्यान्वयनमा सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । 

राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उनले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताए । 

७८ औँ भन्सार दिवसका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताए । 

उनले सरकारले भन्सार राजस्व भन्दा पनि आन्तरिक राजस्व उठाउन जोड दिएको पनि प्रष्ट पारे । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोड बल उनको भनाई छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया