के भने प्रचण्डले उद्योगी व्यवसायीलाई ?

७ बर्ष अगाडि

काठमाडौ भदौ ७ । नेकपाका अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई जथाभावी रुपमा राज्यले कसन नहुने बताए । राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई राज्यले वप्रोत्साहित गर्ने काम गर्नुपर्ने सुझाव पनि दिए । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौ वार्षिकोत्सब कार्यक्रममा उनले उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेपछि मात्र देशले आर्थिक रूपमा विकास गर्ने धारणा राखे । उनले भने, उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यमा विकास हुदैन ।ू विकासका निम्ति चाहिने नीति नियम बनाउनु पर्छ त्यो आवश्यक छ तर उद्योगी व्यवासायीको मार्कालाई बुझ्नु पर्ने वताउँदै उनले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको छ यसको बारेमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताए । राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लिएको लक्ष्य पूरा नहुने र यश विषयमा सरकारसँग कुरा गर्ने उनले बताए । जनताको चाहना र अपेक्षा ठूलो तर त्यो अनुसार राज्यले गर्न नसकेको गुनासो उनले गरे । उनले भने, व्यबसायीहरु ठग हो भनि अवस्था सृजना गर्नु हुदैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया