शोक प्रस्ताव पारित

६ बर्ष अगाडि

प्रदेश नं ५ को  प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आज स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले शोक प्रस्ताव प्रस्तुत गर्दै अनुभवी राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपूरणीय क्षति भएको उल्लेख गरे।  

प्रदेशसभामा विपक्षी नेपाली काँग्रेसका नेता पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलन समेतमा क्षति भएको उल्लेख गर्दै सभामा उनी प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

विसं २०१४ मा  नेपाली काँग्रेसमा आबद्ध भई २०१७ देखि विसं २०२१ सम्म जेलजीवन व्यथित गर्नुभएका र भूमिगत राजनीतिक जीवन समेतको अनुभव हासिल गर्नुभएका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशील हुनुभएको बताइएको छ । नेता पोखरेल प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य थिए । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया