काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका.५ सैंतिस किलोस्थित सडकमा बा.४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका(७ बस्ने ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सालु गाउँपालिका(२ घर भएका २८ वर्षीय समर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी तनुहुँको आबुखैरेनी गाउँपालिका(१ सत्रसयस्थित सडकमा ग।१७ प ६३४८ नम्बरको मोटरसाइकल ना।१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको छिमकेश्वरी अस्पताल आबुखैरेनी हुँदै सीएमसी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका(१ छाप बस्ने १९ वर्षीय आषिश आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको दमक नगरपालिका-१० नयलबारीस्थित सडकमा को.३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका(९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको ईच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा पनि शनिबार बेलुका प्रदेश नम्बर(३(०२(०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ८६ वर्षीय गज बहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कञ्चनपुरको पुनर्बास नगरपालिका.२ अम्रैयास्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा कुल बहादुरलाई ठक्कर दिएको आशंकामा भे।१ त ९८८२ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मायादेबी गाउँपालिका.५ पर्सहवास्थित सडकमा लु।१७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका(१० महिलावार बस्ने १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालक लुम्बिनि साँस्कृतिक नगरपालिका.१० महिलावार बस्ने २२ वर्षीय सोनु बर्माको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली,को कमलामाई नगरपालिका.२ भद्रकाली मन्दिरस्थित सडकमा पनि बा।४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा काठमाडौं महानगरपालिका(११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया