कर्णालीमा ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’

६ बर्ष अगाडि

कर्णाली प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आजबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी यहाँ शुरु भएको छ । 

गृह मन्त्रालय र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित उक्त दुईदिने गोष्ठीमा यो प्रदेशअन्तर्गतका सबै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुका साथै आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिका सम्बन्धमा छलफल हुनेछ । 

“गोष्ठीमा यहाँको शान्तिसुरक्षा, अपराध नियन्त्रण र चुनौतीका विषयमा छलफल तथा अन्तत्र्रिmया हुनेछ”, गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले भने, “यसमा महाशाखागत र विभागीय प्रस्तुति हुनेछन् ।” 

उनले शान्तिसुरक्षा र सुशासनका विषयमा अन्तरक्रिया भइरहेको उल्लेख गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी महानिरीक्षकहरुले विपद् जोखिम र शान्तिसुरक्षाकै विषयमा प्रस्तुति राख्ने बताए ।

सहप्रवक्ता अधिकारीले भने , “मन्त्रालय तथा महाशाखा, व्यवस्थापन, प्रशासन महाशाखाका प्रमुखहरुले विषयगत क्षेत्रको प्रस्तुति राख्नुहुनेछ । सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय बढाउन र सुरक्षा सुदृढीकरण गर्न सहयोग पुग्ने अपेक्षा गोष्ठीको छ ।”

६ बर्ष अगाडि

प्रतिक्रिया