सूचनाप्रविधिबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको नीति : प्रम ओली

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाप्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति रहेको बताएका छन् । 

तिब्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ ।  

‘हाम्रो सोँच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचनाप्रविधि तथा इन्नोभेसनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ’, सुचना प्रविधिको विषयको विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेको कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को टोलीसँग उनले भने ‘डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो ।’ 

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्प पूरा गर्न पनि सूचनाप्रविधिको विकासको विकल्प नभएको बताए । 
प्राकृतिक तथा मानवीय जायज आकांक्षा पूर्ति गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटलाइजेशन आवश्यक रहेको र त्यसका लागि नेतृत्व लिन क्यान महासंघलाई प्रधानमन्त्रीको सुझाव छ । 

भेटमा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं आर्टिफिसियल इण्टेलिजेन्स तथा इण्टरनेट अफ थिङ्स जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेका बताएका थिए । 

महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीति, सूचनाप्रविधिका उपकरण आयात निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवद्र्धन लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया