सानिमा बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ ।
बैंकले गत आवको यसै अवधीमा ९८ करोड २० लाख बरारबरको खुद नाफा कमाएको थियो ।अघिल्ले वर्षको तुलानामा बैंकले यस वर्ष १६ करोड बढी नाफा आर्जन गरेको हो ।
त्यस्तै, बैंकले १ अर्ब माथी नाफा कमाइ रहदाँ ९५ करोड बराबरको वितरण योग्य नाफा कमाएका छ ।
त्यस्तै, बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १६ करोड रुपैयाँ बराबरको खुद ब्याज आमदानी गरेको छ । अघिल्लो वर्ष यसै अवधीमा बैंकले १ अर्ब ८० करोड बराबरको खुद ब्याज आमदानी गरेको थियो ।
गत वर्षको तुलानामा बैंकले २६ करोड बढी ब्याज आमदानी गरेको हो ।
त्यस्तै, बैंकले यस अवधीमा ९९ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले अघिल्लो वर्षको यसै अवधीमा ८९ अर्ब बराबरको निक्षेप संकलन गरेको थियो ।
त्यस्तै बैंकले, यस अवधीमा ८८ अर्ब ७१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो वर्षको यसै यसै अवधीमा ८१ अर्ब ४१ करोड बराबरको कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया