सनराइज बैंक ४६औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैचामा

५ बर्ष अगाडि

सनराइज बैंक मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ सुन्दरहरैचा नगरपालिका– १ मा सेवा शुरू गरेको बैंकले जनाएको छ । 

बिहिबार आयोजित एक कार्यक्रममा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै  वडाध्यक्ष अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले शाखारहित बैंकिङ्ग सेवा  उद्घाटन गरे ।  

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया