सरकारले जर्मनमा रहेको दूतावासको घर बिक्री गर्ने

६ बर्ष अगाडि

काठमाडौँ – सरकारले जर्मनीको बोल शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ । 

हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपालको सो भवनको मूल्य निर्धारण गरी बोल कबोलमा मोल बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । 

बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले तिब्बतमा बर्षाैदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय गरेको जानकारी दिएका छन् । 

पहिले ४० जना त्यस्ता व्यक्ति रहेकोमा अहिले ३८ जना रहेको उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया