शेयर कारोबार पुन: १२ सय को बिन्दुमा, दोहोरो अंकको गिरावट

६ बर्ष अगाडि

आज कारोबारको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

यस साता कारोबारको दोस्रो दिनबाट ओरालो लाग्न थालेको नेप्सेले साताको अन्तिम दिन पनि ओरालो यात्रालाई निरन्तरता दिँदै कारोबार बन्द भएको हो । कारोबरको सुरुवातमा केही अंकले उकालो लागेको परिसूचक कारोबारको अन्तिम समय सम्म आउदाँ १५.९५ अंकले ओरालो लागेको छ । त्यस्तै आज सेन्सेटिभ परिसूचक पनि ३.५९ अंकले तल झरेको छ ।

गत साता ८ महिना पछि १३०० को बिन्दुमा पुगेको परिसूचक आज पुन १२०० को बिन्दुमा झरेको छ । आज १३१३.४३ को बिन्दुबाट सुरु भएको कारोबार १२९७.४७ को बिन्दुमा झरेको छ । 

आज १३१३.४३ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम अवधी सम्म आउँदा त्यो परिसुचक १.२१ प्रतिशतले घटेको छ। त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ उपसमूह मात्र बढे्का छन् ।

त्यस्तै, आज कारोबारमा आएका १७२ कम्पनीको ३७ लाख ५४  हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ३८  करोड बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका १७२ कम्पनी हरु मध्य सबै भन्दा धेरै कारोबार गर्नेमा नेपाल लाईफ इन्सुरेन्स र ग्लोबल आईएमइ बैंक रहेका छन् ।
 
नेपाल लाईफले १८ करोड बराबरको कारोबार गरेको छ भने ग्लोबल आईएमइले १५ करोड बराबरको कारोबार गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया