काठमाडौं – स्पर्स लघुवित्तले चालु आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३७ लाख खुद नाफा कमाएको छ । यो गत आवको भन्दा २१०३.६२ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा लघुवित्तले रू. ६ लाख २१ हजार मात्र नाफा गरेको थियो ।
लघुवित्तले हालसम्म रू.२१ करोड ४० लाख ३३ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा रू. १० करोड २८ लाख बराबरको निक्षेप संकलन भएको थियो ।
यस्तै, लघुवित्तले यस अवधीसम्म रू. ९८ करोड ६८ लाख ५४ हजार कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा लुघवित्तले रू. ५२ करोड २६ लाख कर्जा प्रवाह गरेको थिया । समिक्षा अवधीमा लघुवित्तले रू. ३ करोड ३५ लाख २६ हजार खुद व्याज आम्दानी गरेको छ । लुघवित्तको सीडी रेसियो ४६४.६५ प्रतिशत छ ।
अहिले लघुवित्तको प्रति शेयर आम्दानी रू.२९.२३, मुल्य आम्दानी अनुपात २३.८८ गुणा, प्रतिशेयर नेटवर्थ रु.१२३.५८, तरलता अनुपात ७.९८ र प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१,१५१.४१ रहेको छ ।
हाल लघुवित्तको जगेडा कोष २ करोड २१ लाख बरारबरको रहेको छ । चुक्तापुँजी भने ९ करोड ३७ लाख ४८ हजारको रहेको छ ।
प्रतिक्रिया