स्कुल बस दुर्घटना एक जनाको मृत्यु ,पाचँ जना घाइते

६ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–६ रामचोकमा आज बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा  सह–चालकको मृत्यु भएको छ । भने पाचँ बिद्यार्थी घाइते भएका छन ।

दुर्घटनामा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको विराटनगरस्थित लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रहरीका  अनुसार सितलहरसँगै लागेको बाक्लो हुस्सु लागेको समयमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा बस सडकबाट पल्टिएको बताएको छ ।

दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् जसअन्तर्गत धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीया सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीया लुना गौतम रहेकी छिन ।सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु  गरेको प्रहरीले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया