काठमाडौं – लक्ष्मी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा रू. ७ करोड ८ लाख ९६ हजार खुद नाफा कमाएको छ । यो गत आवको सो अवधीको भन्दा ४६.१३ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा उक्त लघुवित्तले रू. ४ करोड ८५ लाख १७ हजार खुद नाफा कमाएको थियो ।
पुससम्म लक्ष्मी लघुवित्तले रू. १ अर्ब ५३ करोड ३३ लाख ११ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. १ अर्ब ९ करोड ८७ लाख निक्षेप संकलन गरेको थियो ।
यस्तै, लुघवित्तले समिक्षा अवधीसम्म रू. ४ अर्ब ३२ करोड ९१ लाख २३ हजार कर्जा तथा एडभान्स दिएको छ । गत आवको सो अवधीमा लघुवित्तले रू. ३ अर्ब १२ करोड २० लाख कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधीमा लघुवित्तलेल रू. १८ करोड २२ लाख खुद व्याज आम्दानी गरेको छ ।
लक्ष्मी लघुवित्तको जगेडा कोषमा रू. २४ करोड ७५ लाख ३६ हजार रकम छ । लुघवित्तको चुक्तापुँजी भने २७ करोड ८३ लाख रहेको छ ।
तथ्यांकअनुसार लघुवित्तको प्रति शेयर आम्दानी रू.५०.९५, मुल्य आम्दानी अनुपात १७.३३, प्रतिशेयर नेटवर्थ १८८.९५, प्रति शेयर कुल सम्पत्ति मुल्य र तरलता अनुपात ४.६५ प्रतिशत रहेको छ।
प्रतिक्रिया