आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

६ बर्ष अगाडि

काठमाडौं – महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट सितापाईला चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने लु.११ प.९६६५ नम्बरको मोटरसाईकलमा सवार जाजरकोट दारेकोट–७ का जलन थापालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाईकललाई चेकजाँच गर्दा कुनै पनि कागजपत्र नभएकाले प्रहरीले कारवाही गर्न खोज्दा मोटरसाईकलको पछाडी बसेका जलन थापाले प्रहरीलाई नगद ५ सय रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया