बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरेका छन।
जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत रञ्जीता झाले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले निर्वाचन निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिएका छन । प्रदेश नं– २ का आठ जिल्लामा १०७ प्रदेश सभासदस्य र २७२ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी ३७९ मतदाता रहेका छन् ।
प्रदेश नं– २ मा जम्मा मतभार १० हजार ३२ रहेका छ । प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको मतभार चार हजार ८९६ रहेको छ ।
बिहान १०ः०० बजेदेखि मतदान शुरु भई अपराह्न ४ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने सो मतदानका लागि प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सांस्कृतिक केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेश सभासदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको बताइएको छ ।
सो निर्वाचनमा महिलातर्फ एक पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टीका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काङ्ग्रेसका तर्फबाट नगिना यादवको उम्मेदवारी परेको छ । यसैगरी दलित सभामुखबाट एक पदका लागि नेकपाका तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीका तर्फबाट रामपृत पासवानबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी अल्पसङ्ख्यक समूहबाट एक पदका लागि नेपाली काङ्गे्रसबाट भोला पञ्जीयार र राजपाबाट शेखरकुमार सिंहबीच प्रतिस्पर्धा हुनेछ । अन्य समूहअन्तर्गत एक पदका लागि समाजवाटी पार्टीबाट अनिरुद्धकुमार सिंह र राजपाका तर्फबाट मृगेन्दकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया