जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा ररहने जनाएको छ ।
आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो ।
महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ८ गते (बुधबार) दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ। त्यस्तै राति मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ। माघ ९ गते (बिहिबार) दिउँसो मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु कुहिरो रहनेछ।
त्यस्तै राति देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । भने माघ १० गते (शुक्रबार) दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया