गाईघाटमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना

६ बर्ष अगाडि

आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १  सरकारले  उदयपुरमा  प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ ।  

जिल्ला सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सभासद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गरेका छन । 

कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हुने छ । 

शाखा अधिकृत जीवनराज भण्डारीको नेतृत्वमा छ जना कर्मचारी कार्यालयमा कार्यरत रहेका लेखा अधिकृत गुरुप्रसाद दाहालले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया