अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

६ बर्ष अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिए । 
पोखराबाट सोमबार साँझ उनीहरु सो  रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया