ओलीको सपना पूरा भयो, पाइपबाट घरघरमा ग्यास

७ बर्ष अगाडि

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । 

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 
बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए । 

सो अवसरमा प्रधामन्त्रीले उक्त बायोग्यास प्लाण्टको निरीक्षण गर्नाका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु¥याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरे । 

७ बर्ष अगाडि

प्रतिक्रिया