घट्न थाल्यो शोधनान्तर नाफा, एक महिनामा ४ अर्बले घट्यो नाफा

६ बर्ष अगाडि

काठमाडौं – चालु आवको साउन, भदौ, असोज र कात्तिकमा बढ्दै गएको शोधनान्तर नाफा मंसिरमा भने घटेको छ । मंसिरमा शोधनान्तर नाफा झण्डै ४ अर्बले घटेको छ ।
गत बर्षभरनै घाटामा रहेको सोधनान्तर स्थित यो बर्ष नाफामा आएको छ । तर, त्यो नाफा अहिले घट्न थालेको छ । कात्तिकसम्म शोधनान्तर स्थिती रू. २७ अर्ब २९ करोडले नाफामा थियो । तर, मंसिरमा त्यो घटेर रू. २३ अर्ब ३० करोडमा सिमित भएको छ । गत आवमा मंसिरसम्ममा शोधनान्तर स्थिती रु. ८५ अर्ब ३२ करोडले घाटामा थियो ।
समीक्षा अवधिमा चालु खाता घाटा रु. ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रू. १ खर्ब १९ अर्ब ३३ करोड रहेको थियो । पछिल्लो समय चालु खाता घाटा बढ्दै गएको छ । कात्तिकमा चालु खाता घाटा ३७ अर्ब ३० करोड थियो, मंसिरसम्म आउँदा त्यो झण्डै दोव्वर मात्रामा बढेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया