नक्कली नेपाली नोट सहित २ जना पक्राउ

६ बर्ष अगाडि

काठमाडौं । प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित  बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र  २२ वर्षीय रवि आले मगरलाई पक्राउ गरेको हो । 
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया