नेपाल राष्ट्रबैंकले २० करोड बराबरको ट्रेजरी बिक्री गर्न लागेको छ ।
बिक्री गर्न लागेको उक्त ट्रेजरी यही माघ ६ गतेबाट सार्वजनिक ऋण व्यवस्थापन विभागले बिक्री गर्न लागेको हो ।
९१ दिने अवधिको रहेको उक्त ट्रेजरी बोलकबोलको एकदिन पछि जारी हुनेछ ।
यसअघि पुस २८ मा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ अर्ब र एक वर्ष अवधिको ६ अर्बको ट्रेजरी जारी गरेको थियो।
उक्त ट्रेजरी खरीद गर्न अनलाइन बिडिङ सिस्टमबाट आवेदन दिनुपर्ने बताइएको छ ।
प्रतिक्रिया