आईसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा

६ बर्ष अगाडि

आईसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने भएको छ । 

कम्पनीको  पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले पुस १४ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गर्नेछ।

कम्पनीको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार रहेको छ। ४ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख ८० हजार पुग्नेछ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया