आज आइतवार सार्वजनिक बिदा

६ बर्ष अगाडि

प्रदेश–२ मा आज आइतवार सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोको स्मृति दिवस मनाउन प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै सार्वजनिक बिदा दिएको हो । यसवर्ष प्रदेश २ सरकारले वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

लहानमा भने मधेसवादी दलका नेताहरू शहीद रमेश महतोको स्मारकमा माल्र्यापण गर्ने कार्यक्रम छ ।राजपा नेपाल सिरहाले लहानमा बलिदानी दिवसको अवसरर्मा यालीपश्चात कोणसभा गर्ने जनाएको छ ।

समाजवादी पार्टीका नेताहरूले भने मात्र माल्र्यापण गर्नेछ । यस्तै, जनमत पार्टीले शहीद महतोको गाउँ नवराजपुरमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो पहिलो शहीद भएका थियो । उनको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मधेसवादी दलले मनाउँदै आएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया