आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न थिए ।
पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस–१ घर भएका साविकको रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरमद गरेको थियो ।
बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । भारतमा लुकीछिपी बस्दै आएका रामभवन प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते पक्राउ गरेको हो ।
यता, भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रतिक्रिया