महोत्तरीका किसान हिउँदे वर्षाले हर्षित

६ बर्ष अगाडि

लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् । 

लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल बाली राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको हो । 

“पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने, “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।”

महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ । “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी प¥यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत ९माघ सङ्क्रान्ति० पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ ।”

 यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली, उखु, गहुँ र फलपूmल आँप, लिची, सपाटो, रूखकटहरसहित लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन् । 

महोत्तरीमा करीब ७२ हजार हेक्टर खेतीपातीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिँचाइ कुलो, नहर लाग्ने जग्गा छ । धेरैजसो जग्गामा आकासेपानीकै भरको खेती गर्नुपर्दा ठीक समयमा परेको पानी किसानलाई अमृत बर्सेजस्तै हुने गरेको गौशाला नगरपालिका–८ का बिल्टु सादामुसहरले बताए । 

मङ्सिर निगल्दो अन्तिम साता यता माघ पहिलो साताभित्र यसपालि ४० दिनभित्र तीनपटक माटो गालेर पानी परेको छ । पछिल्लो पटक शुक्रबार परेको पानीले त कैयौँ सडक हिलाम्य भएका छन् । यद्यपि जिल्लाका किसान भने सडक हिलाम्य वर्षाले नभई आफ्नै प्रतिनिधिको लापर्वाही र उदासीनताले भएको बताउँछन् ।

“वर्षा त हाम्रो जीवन हो, यो बिना जीवन चल्दैन”, औरही नगरपालिकाको चेप्कट बस्तीका पुराना राजनीतिक एंव सामाजिक कार्यकर्ता दुर्गाप्रसाद उपाध्यायले भने, “स्थानीय तहका जनप्रतिनिधि बाटोघाटो बनाउन, मर्मत गर्न र पानी बग्ने कुलेसा बनाउन लागेनन् भनेर पानी पर्न त छाड्नु भएन नि

६ बर्ष अगाडि

प्रतिक्रिया