यस साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १६ कम्पनीले १० करोड माथीको कारोबार गरेका छन् । नेप्से परिसूचकले ऐतिहासिक छलाङ मारेसँगै यस साता कारोबार रकममा पनि अत्याधीक वृद्धि आएको हो ।
मंगलबार केही अंकले ओरालो लागे पनि बाँकी कारोबारका चार दिन दैनिक नेप्से दोहोरो अंकले उकालो लागेको थियो ।यस साता नेप्से परिसूचक ९७.१२ अंकले उकालो लाग्दा ६ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ ।
१० करोड माथी कारोबार गर्ने १६ कम्पनी
यस साता नेप्सेमा सबै भन्दा धेरै कारोबार गर्नेमा एन आर्ईसी एशिया बैंक रहेको छ । बैंकले साता भरमा २६ करोड ७६ लाख २८ हजार बारबरको कारोबार गरेको छ ।
त्यस्तै सिभम सिमेन्टले २२ करोड ५३ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने नेपाल लाईफ इन्सुरेन्सले २२ करोड २६ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।उता हिमालयन डिस्टिलरी लिमिटेडले २१ करोड ९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यस्तै, सिटिजन इनभेष्टमेन्ट ट्रष्टले १६ करोड ९७ लाख ५५ हजार बराबरको कारोबार गरेको छ भने प्रभु बैंकले १६ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसैगरी, डिप्रोक्स लघुवित्त संस्थाको १५ करोड ६० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने एन एमबि बैंकले १५ करोड २६ लाख २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंकको १५ करोड ११ लाख, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १३ करोड ३४ लाख, ग्रामिण विकास बैंकको १२ करोड ८८ लाख, कुमारी बैंकको १२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, फ्रष्ट माईक्रोफाइनेन्सको ११ करोड ४४ लाख, प्रभु बैंक प्रमोटर शेयरको ११ करोड ४३ लाख, प्राइम कमर्सियल बैंकको १० करोड ५६ लाख र माछापुच्छ्रे बैंकको १० करोड ८ लाख बराबरको कारोबार भएको छ ।यस साता सिभम सिमेन्ट बाहेक १० करोड माथी कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्था रहेका छन् ।
प्रतिक्रिया