कोरियामा दुई नेपालीको निधन

६ बर्ष अगाडि

रोजगारीका लागि आएका दुई नेपाली युवाको  छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । 

दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले  आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

 साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै  मृत फेला परेका थिए । 

 अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए ।

 घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तनहुँका  रानाको भने कम्पनीमा छिगेछा गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको संँगै कार्यरत नेपालीले बताए । 

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए ।

 ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले द्वैु शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया