युएईको अबुधावीमा भएको दुर्घटनामा मुत्यु हुने ६ जना मध्य ३ जना नेपाली महिला रहेको पुष्टी भएको छ ।
उक्त दुर्घटनामा मुत्यु हुनेहरुको सनाखत आज भएको हो । दुर्घटनामा बाराको निजगढ नगरपालीका वडा नम्बर ३ की अमिसा मोक्तान ,प्युठानकी भावना कुँवर र झापाकी कृष्ण कुमारी अधिकारी रहेकी छन ।दुर्भटनामा परेरे अन्य नेपाली पनि घाइते भएका छन ।
हाल युएईका विभिन्न अस्पतालहरुमा गरी १४ जना नेपालीको उपचार भइरहेको छ।
यस्तै दुर्घटनामा श्रीलङकाकी एक महिला र पाकिस्तानका गाडी चालक पुरुषको मुत्यु भएको हो ।
प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया