सभामुखको विवाद संसदीय दलको बैठकले टुङ्गो लगाउँछ : मन्त्री ढकाल

६ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकी नगर कमिटीले आज तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए ।

 मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी०का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताए।

वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया