बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा  आगलागी

६ बर्ष अगाडि

ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो । 

  उक्त आगलागीबाट मानवीय क्षति नभएको भए पनि मर्मतका लागि ल्याइएका १०० मोटरसाइकलमध्ये अधिकांश आगोबाट क्षति भएका छन् भने मोटरसाइकलका पार्टपूर्जा  नोक्सान भएका कम्पनीका महाप्रबन्धक यागेन गुरुङले जानकारी दिए ।

आगलागीबाट क्षतिको प्रतिवेदन ९विवरण० तयार गर्नका लागि प्रहरीले मुचुल्का लिने कार्य जारी छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया