गाउँको मुहार फेरिन थाल्यो

६ बर्ष अगाडि

जिल्लाको गौमुल गाउँपालिकाका जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थालेका छन । 

गाउँपालिकाले गरेका कामको सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलो–दैलोमा पुग्ने गरेको अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । 

‘जनतासंग जनप्रतिनिधि भेट’ कार्यक्रम  लिएर जनताको गुनासा सुन्न घरदैलो गरिएको उनले बताए । 
गाउँपालिकाले आगामी दिनमा गर्नुपर्ने काम र सुझाव समेत  सङ्कलन गरिएको  छ । 

उपाध्यक्ष सीता थापाले भने,“घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई सहयोग गर्छ ।” 

गौमूल गाउँपालिकाले–१ का ७५ वर्षीया वृद्धा लाली रोकायाले भने, “आफूहरु निकै विकटमा छौँ भन्ने लाग्थ्यो तर आजकाल आफूहरुले गाउँपालिकाले विकास गर्दै जाँदा विकासको अनुभूति हँुदै छ ।” 

सोही वडाकी ६७ वर्षीया झुमा सार्कीले गाउँपालिकाका कामप्रति आफू सन्तुष्टि रहेको जनाए । 

स्थानीय मैना विकले भने, “धेरै महिला दिदीबहिनी हिंसाका कारण प्रताडित थिए, गाउँपालिका मदिरा व्यवस्थापन गरेपछि मदिरा खाने ह्वात्तै घट्नुका साथै सुन्दर समाजको निर्माण हँुदै गएको छ ।” 
गौमूल गाउँपालिका–१ अम्लिसवासी गाउँ जोड्ने सडक  बन्न थालेपछि खुशी भएका छन् ।

 वर्षौंदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि निर्माण हुन थालेपछि हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्यचौकी पु¥याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पु¥याउन सजिलो भएको छ । 
 गौमूल गाउँपालिकाका–४ ५ र ६ सडक पुगेपछि यातायात सुविधा  भएको छ ।  

गाउँमा व्यावसायिक तरकारी खेतीलगायत गाउँपालिकाबाट आएको बजेट तथा विकास निमार्णबाट अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया