सिटिजन्स बैंकले १५० थान कम्बल वितरण ग¥यो

६ बर्ष अगाडि

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिराहामा कम्बल  वितरण गरेको छ। 
बैंकले सिराहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल तथा नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न, असहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो। 

चिसोका कारण जनजीवन प्रभावित हुँदै गएपछि न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरिब, सीमान्तकृत तथा असहाय व्यक्तिहरुलाई सो कम्बल वितरण गरिएको बैंकले जनाएको छ। 

बैंकले सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा १५० थान कम्बल वितरण गरेको हो। 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया