आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले बढे्को छ ।
साताको सुरुवात कै दिनबाट दोहोरो अंकले उकालो लागेको नेप्से आज साताको अन्तिम कारोबारका दिन पनि दोहोरो अंकले बढे्को हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २६ अंकले बढे्को हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९० अंकले उकालो लागेको छ ।
कारोबारको सुरुवातबाटै उकालो लागेको नेप्से ८ महिना पछि आज १३०० को बिन्दुमा पुगेको छ ।
आज १२८४.२३ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ १३१०.२३ बिन्दुमा पुगेको छ ।
आज ११ बजे १२८४.२३ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने ३ बजे सम्म आउँदा त्यो परीसुचक २.०२ प्रतिशतले बढेको छ।
त्यस्तै, आज कारोबारमा आएका १८१ कम्पनीका ५० लाख २५ हजार शेयर खरिद बिक्री हुदाँँ १ अर्ब ६९ करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमा ११ उपसमूहहरु उकालो लागेका छन् भने १ उपसमूह ओरालो लागेको छ।
प्रतिक्रिया