नबिल बैंकले थप्यो २३ वटा नयाँ शाखा

६ बर्ष अगाडि

नबिल बैंक लिमिटेडले ५ वटा प्रदेशका थप २३ वटा बिभिन्न स्थानमा आफ्नो नयाँ शाखा कार्यलयहरु विस्तार गरेको छ ।

बैंकले प्रदेश नं. १ को इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश नं। २ को मिर्चैया, गोलबजार, सिराहा, पर्सा र चन्द्रपुर, बागमती प्रदेशको कमलबिनायक, हात्तिगौँडा, कपन, गजुरी, बनेपा र पनौती, गण्डकी प्रदेशको गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश नं। ५ को चन्द्रौटा, बर्दाघाट र मणिग्राममा शाखा कार्यालय विस्तार गरि सेवा प्रवाह गरिएको जानकारी दिएको छ ।

आम जनमानसमा सरल र सहज रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यका साथ शाखा कार्यालयहरु स्थापना गरिएको बैंकले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया