काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपाली शेयर बजारमा रू. २० अर्बको सार्वजनिक निष्काशन भएको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार १६ कम्पनीले यतिका मात्रामा सार्वजनिक निष्काशन गरेको हुन् ।
गत आवको सो अवधीमा २४ कम्पनीले रू. १६ अर्ब ५० करोड बराबरको सार्वजनिक निष्काशन हो ।
तथ्यांकअनुसार चालु आवमा सबैभन्दा बढी हिस्सा ऋणपत्र रहेको छ । ऋणपत्रले ८३ प्रतिशत हिस्सा ओगटे छ । समिक्षा अवधीमा ७ कम्पनीले रू. १६ अर्ब ५० करोड बराबरको ऋणपत्र निकाष्शन भएको छ ।
यस्तै, सबैभन्दा कम हिस्सा भने आईपीओको छ । यस अवधीमा रू. ३३ करोड बराबरको मात्रा आईपीओ निष्काशन भएको छ । यो अवधीमा एक कम्पनीले मात्रा आईपीओ निष्काशन गरेको छ ।
यस्तै, ७ कम्पनीले रू. २ अर्ब २० करोडको हकप्रद जारी गरेका छन् । साथै, एक कम्पनीले रू. १ अर्ब बराबरको म्युचल फण्ड जारी गरको तथ्यांकमा उल्लेख छ ।
बाँकी तथ्यांकबाट
प्रतिक्रिया