२० करोड घुस मागेको आरोप लगाउनेलाई पक्राउ पुर्जी

६ बर्ष अगाडि

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई  २० करोड घुस मागेको आरोप लगाएपछि गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए ।

सोही उजुरीअनुसार अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो । 

गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । 

अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । 

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । 

लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया