नेपाल स्टक एक्सचेन्ज नेप्से ८ महिना पछि १३०० विन्दुमा पुगेको छ ।
गत वर्षको मे महिनामा उक्त बिन्दुमा रहेको परिसूचक घट्ने क्रममा रहेको थियो भने आज कारोबार सुरु भएको केही समय मै परिसूचक १३०० बिन्दुमा पुगेको हो ।
११ बजेर २४ मिनेट जादाँ १३०० को बिन्दुमा पुगेको परिसूचक अहिले भने घट्ने क्रममा रहेको छ ।
आज कारोबार सुरु भएको एक घण्टाको अवधीमा नेप्से १३।०१ अंकले बढे्को छ । अहिले सम्मको अवस्थामा १६१ कम्पनीको ८ लाख ५६ हजार शेयर खरिद विक्री हुदाँ २६ करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै आज कारोबारमा आएका १२ उपसमूहमा १२ वटै समूह उकालो लागेका छन् ।
प्रतिक्रिया