अनुमति नलिई कमेडिटी एक्सचेन्ज कम्पनी सञ्चालनमा, तर बोर्ड भन्छ, ‘कारवाही गर्न सकिदैन’

६ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा अनुमति नलिई केही कमोडिटी एक्सचेन्ज कम्पनी सञ्चालनमा रहेको पाइएको छ । २ देखी ३ ओटा कम्पनीले अनुमति नलिई बस्तु बिनिमय बजार सञ्चालन गर्दै आएको छ ।
वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ अनुसार यस्तो बजार सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ । ऐनको दफा ३ मा अनुमतिपत्र प्राप्त नगरि कारोबार गर्न नहुने उल्लेख छ । तर, केही कमोडिटी एक्सचेन्ज कम्पनीले अनुमति नलिई भित्र–भित्र बस्तु विनियमको काम गर्दै आएका छन् ।
हाल बोर्डमा ६ कम्पनीले स्वीकृतिका लागि आवेदन दिएका छन् । बोर्डले गत असारमा स्वीकृतिका लागि आवेदन खुल्ला गरेको थियो । त्यसमा ६ कम्पनीले आवेदन दिएका थिए । उनीहरुलाई छिट्टै लाइसेन्स दिने बोर्डको तयारी छ ।
अनुमति नलिई सञ्चालनमा रहेको कम्पनीले पनि बोर्डमा अनुमतिका लागि आवेदन दिएका जानकार व्यक्तिहरु बताउछन् । बुधबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारले यस बिषयलाई कोट्टाए, तर बोर्डबाट चित्ता बुझ्दो जवाफ ति पत्रकारहरुले पाएनन् ।
पत्रकारको जवाफमा बोर्डका अध्यक्ष भिष्म ढुंगानाले त्यस्ता कम्पनीहरुलाई हालै कारवाही गर्न नसकिने बताए । ‘हामीले अझै कमोडिटी एक्सचेन्ज कम्पनीहरुलाई लाइसेन्स दिन सकेका छैनौं । लाइसेन्सका लागि ६ कम्पनी पाइपलाइनमा छन्,’ उनले भने, ‘पहिला आवेदन दिएका मध्ये आवश्यक मात्रामा केही कम्पनीलाई लाइसेन्स दिउँ, त्यसपछि लाइसेन्स नलिई सञ्चालनमा रहेका कम्पनीलाई आवश्यक नियमन गर्न सकिन्छ ।’ 
बोर्डबाट लाइसेन्स जारी नभएसम्म त्यसरी सञ्चालनमा भएका कम्पनीलाई कारवाही गर्न नसकिने बार्डका भनाई छ । अध्यक्ष ढुंगानाले भने, ‘पहिला इजाजतपत्र मागेका कम्पनीलाई लाइसेन्स दिउ, त्यसपछि हामीलाई सजिलो हुन्छ । हामीले लाइसेन्स  नदिने, कारवाही फेरी गर्ने भन्ने हुदैन ।’
यद्यपि, बोर्डसँग त्यस्ता कम्पनीलाई कारवाही गर्ने अधिकार छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन लागू भएको २ बर्ष भइसक्यो । उक्त ऐनअनुसार अनुमति नलिई सञ्चालन हुने कमोडिटीए एक्सचेन्ज कम्पनीलाई रू. १० लाखदेखि ५० लाखसम्म जरिवाना गर्न सकिन्छ । तर, बोर्ड भने यस बिषयमा मौन बसेको छ ।
यस्तै, अनुमति नलिई सञ्चालनमा रहेका कम्पनीमा बस्तु विनिमयको कारोबार गर्दा निकट भविष्यमा कुनै घटना भयो, गलत काम भयो भने कानुनी समस्या आउने कानुनविद्हरु बताउछन् । 

कमोडिटी बजार सम्बन्धी केही काुननी व्यवस्था 


कारवाही सम्बन्धी व्यवस्था

६ बर्ष अगाडि

प्रतिक्रिया