डोजरको ठक्करबाट पश्चिम दाङमा एक बृद्धको मृत्यु भएको छ ।
पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
डोजरको ठक्करबाट बृद्धको टोउको र दाहिने हातमा गम्भिर चोट लागेको अस्पतालको भनाई छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया