कमोडिटी एक्सचेन्ज कम्पनीलाई छिट्टै लाइसेन्स दिने बोर्ड घोषणा, यस्तो छ तयारी

६ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले स्वीकृतिका लागि पाइपलाइनमा रहेका कमोडिटी एक्सचेन्ज कम्पनीलाई सञ्चालनका लागि छिट्टै अनुमति दिने बताएको छ । बोर्डले बुधबार पत्रकार सम्मेलन मार्फत त्यस्ता कम्पनीलाई छिट्टै लाइसेन्स दिने बताएको हो । 
बोर्डले गत असारमा कमोडिटी एक्सचेन्ज बजार सञ्चालन गर्ने इच्छुक कम्पनीलाई लाइसेन्सको लागि आवेदन दिन सुचना जारी गरेको थियो । उक्त सुचनामा ६ कम्पनीले अनुमतिका लागि निवेदन दिएका थिए, तर ६ महिना वित्तिसक्दा पनि यसबारे कुनै निर्णय हुन सकेको छैन । 
तत्कालिन अध्यक्ष रेवत बहादुर कार्कीको कार्यकाल सकिएपछि बिगत ३ महिनादेखि बोर्डको अध्यक्ष पद रिक्त थियो । त्यसैले उक्त आवेदनहरु माथि आवश्यक अध्ययन हुन नसकेको बोर्डको भनाइ थियो । हाल बोर्डमा नयाँ अध्यक्ष आएपछि  कमोडिटी एक्सचेन्ज कम्पनीले लाइसेन्स पाउने बाटो खुल्ला भएको हो । तत्कालिन अध्यक्ष कार्कीले आफु विवादमा पर्ने सम्भावना देखिएपछि उक्त बिषयमा मौन बसेका थिए । 
बोर्डले पहिला २ कम्पनीलाई मात्रा लाइसेन्स दिने बताएको थियो । तर, अहिले त्यसमा थपघट हुन सक्ने बताइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बजारको आवश्यकता र कम्पनीको क्षमता लगायतका बिषयमा मुल्यांकन गरेर यसबारे ठोस निर्णय गरिने बताए । 
कमोडिटि बजार संचालनका गर्न पूर्व स्वीकृतिका लागि मापदण्ड तयार गरिएको र प्राप्त ६ वटा निवेदनहरुको अध्ययन भैरहेको बोर्डको भनाइ छ ।
बोर्डले २ बर्ष पहिले नै कमोडिटी बजार सञ्चाल सम्बन्धमा कानुन ल्याएको हो । तर, कमोडिटी मार्केट सञ्चालनमा आउन सकेको छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया