काठमाडौं । अर्थशास्त्रको समान्य सिद्धान्तले भन्छ, व्यापारमा घाटा हुँदैन । घाटाको व्यापार पनि गरिदैन । तर सरकार र सरकारी निकाय नै घाटाको व्यापार गरीरहेको छ । प्रसंग हो नेपालमा निर्माण भएका र हाल सञ्चालनमा समेत रहेका विमानस्थहरुको ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले वर्षभरीको काम तथा कारवाही एवम् आगामी दिनको कार्यका बारेमा राम्रै छलफल गरे ।
धेरै जसो आयोजनाको प्रगति सन्तोषजनक नभएपनि ती निकायले आफ्ना बारेमा खुलेर कुरा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पनि उत्साहका साथ सबै कुरा सुने । तर सो कार्यक्रममा ठूलै चर्चा भएको घाटाको व्यापारका बारेमा कोही कसैले पनि चर्चा गरेनन् र भनेनन् पनि ।
जानकारी गराउने निकायले जानकारी गरायो, तर उत्तर दिने र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने निकाय भने सो विषयमा मौन रह्रयो । मन्त्री अधिकारीले घाटाको व्यापारकाबारेमा बोल्लान् र समस्याको समाधान पनि गर्लान् भन्ने धेरैको अपेक्षा थियो । तर उनको घाटाको व्यापार गर्ने विमानस्थलका बारेमा एक शब्द पनि उच्चारण गरेनन् ।
नेपालभर सञ्चालनमा रहेका कूल ५६ वटा विमानस्थल मध्ये सात वटा विमानस्थल मात्रै नाफामा रहेको छ । त्यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ५ अर्ब ८१ करोड रकम कमाएको छ । यो नै सञ्चालित विमानस्थल मध्ये सबैभन्दा बढी नाफा कमाउने विमानस्थलको रुपमा रहेको छ । पोखार विमानस्थल, गौतमब बुद्ध विमानस्थल, तेन्जिङ हिलारी विमानस्थल, भरतपुर विमानस्थल सिमिकोट विमानस्थल र नेपालगँन्ज विमानस्थलले मात्रै नाफा कमाएको छ ।
जनकपुरमा घाटा, नेताका विमानस्थल कोमामा
नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार जनकपुर विमानस्थलले गत आवमा घाटा मात्रै कमाएको छ । सबै भन्दा बढी घाटा भएको विमानस्थल समेत सोही विमानस्थ हो । विगतमा वर्षहरुमा सो विमानस्थलले नापाm कमाउँदै आएको थियो । सो विमानस्थलले गत आवमा १ करोड ८० लाख बराबरको घाटा गरेको छ । धनगढी विमानस्थल पनि घाटाको सूचीमा दरिएको अर्को विमानस्थल हो । सिमरा, सुर्खेत, विारटनगर, जुक्ला, रुकमु रुम्जाटार, थामकर्ख र तुम्लिङटार विमानस्थल पनि घाटामा रहेका छन् ।
ती विमानस्थल विगतमा नाफा कमाउने अवस्थामा पुगेका विमानस्थ थिए र हुन् । तर ती विमानस्थल समेत नराम्ररी घाटामा गएका छन् ।
यस्तै जहाज चढ्न रहर गर्ने तर यात्रु भने नपाउने चुनावी विमानस्थलको अवस्था पनि उस्तै रहेको छ । बाग्लुङको बलेवा विमानस्थल त्यस्तै सूचीको विमानस्थल हो । उता दाङको टरीगाँउ विमानस्थल गौचरनमा परिणत भएको छ । गुल्मीको रेसुङ्गा विमानस्थलको हालत पनि उस्तै रहेको छ ।
चुनावको बेला मतदाता आर्कषित गर्न नेताको पहलमा खोलिन सबै विमानस्थलको कारोबार दुरुह पूर्ण रहेको छ । त्यस्ता विमानस्थल घाटाको व्यापार बाहेक अरु केही भएको छैन । न त ती विमानस्थलमा यात्रु छन्, न त यात्रुको जोहो गर्ने तर्फ नै कुनै पहल भएको छ । यात्रु नै नभएपनि खाली जहाज उडाउँदा न त त्यसबाट कुनै आर्थिक आम्दानी हुन जान्छ, न त कुनै व्यवसायिक कारोबार नै ।
इलामको सुकिलुम्बा विमानस्थलको हालत पनि उस्तै हो । परिक्षण उडान गरिएको भएपनि सो विमानस्थलमा कुनै पनि प्रकारको उडान हुने र यात्रु पाउने अवस्था रहेको छैन ।
प्रतिक्रिया