सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागी बुम क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
कम्पनीले यस अघि गत आर्थीक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस शेयर र ०।७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले माघ ११ गते उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे आफ्नो साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया