राष्ट्रिय भुकम्प सुरक्षा दिवसका दिनमै, एकाबिहानै ३.८ म्याग्निच्युडको भुकम्प

६ बर्ष अगाडि

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिनमै, एकाबिहानै ३.८ म्याग्निच्युडको भुकम्प


बझाङमा एकाबिहनै भूकम्प गएको छ ।बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ । बेलाबेलामा भुकम्प आउने क्रम जारी नै रहेको छ ।

यसो त ‘भूकम्पबाट सुरक्षित पूर्वाधार स् दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ ।नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया