माटोका भाँडा बनाउने पेशाप्रति कुमाल युवाले पछिल्लो समय कुनै चासो दिएका छैनन् । भाँडा बनाउनु कुमाल पहिचान बनेको छ ।
युवाको चासो भाँडा बनाउनेभन्दा बैदेशिक रोजगारीमा जान आकर्षण बढ्दो छ ।
दाङका कुमाल अगुवा प्रेम कुमालले भने, “जनशक्ति घट्दै जाँदा पेशा नै सङ्कटमा पर्ने खतरामा छ । ”
यहाँ प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिन्छ ।
वृद्धवृद्धाले मात्रै बनाउँदै आफ्नो परम्परालाई धान्दै आएका छन् । “युवाले माटोका भाँडा बनाउने पेशा छाड्दै गइरहेका छन्”, उनले भने “जसले गर्दा पेशा नै सङ्कटमा पर्ने खतरा छ ।”
युवालाई परम्परागत पेशाप्रति आकर्षण गर्न विभिन्न तालीमको आयोजना हुँदै आएको छ । युवा पुस्ताले सीप व्यवहारमा उतारेका छैनन् । बजारमा यस्ता भाँडा माग बढ्दो छ ।
दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ ।
ती कुमाल समुदायले पुर्खादेखि नै भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए । युवालाई भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्न आवश्यक रहेको वृद्धवृद्धाले जोडदिन्छन ।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले पेशा जोगाराख्न ध्यान दिने बताए ।
“कुमालको माटोका भाँडा बनाउने पेशा लोप हुने अवस्थामा छ”, उनले भने, “यो पेशालाई जोगाइराख्न स्थानीय सरकारबाट पहल थाल्छु । पेशालाई आधुनिकतामा
प्रतिक्रिया